हेटौंडा / प्रदेशको नाम बागमति खारेजी तथा बहुल राष्ट्रिय नेपाल स्थापनार्थ बुधबार हेटौंडामा जनप्रदर्शन तथा कोणसभा कार्यक्रम भएको छ । समान नेपाल, तामसालिङ ब्युरो , तामाङ राष्ट्रिय परिषद , चुरे भावर बिशेष ब्युरो , योङ इण्डिजिनिष्ट लिग , तामाङ राष्ट्रिय वाहिनीको संयुक्त आयोजनामा जनप्रदर्शन र कोण सभा कार्यक्रम संचालन गरिएको हो ।
उक्त जनप्रदर्शन कार्यक्रम राष्ट्रिय मुक्ति क्रान्ति अभियानको राष्ट्रिय संयोजक राजेन्द्र महतोको प्रमुख आतिथ्यता र राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता योग बहादुर ब्लोन को सभा अध्यक्षतामा कार्यक्रम भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र महतोले सबै नेपालीले आफ्नो पहिचान र अधिकार प्राप्त गर्र्नु पर्ने र पहिचान बादी जनता एक नभई आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बताए । राष्ट्रिय मुक्ति क्रान्ति मार्फत बहुल राष्ट्रिय राज्य को निर्माण गरिनु पर्ने उनले बताए । पहिचानको लागी लडेका सरकारले सत्तामा पुगेपछि पहिचान को मुद्दा लाई स्वीकार नगरेको उनले बताए ।
सरकारले प्रदेशको नाम बागमति स्वईकार्य नरहेको उनले बताएका छन् । जनप्रदर्शनमा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक बुद्ध छिरिङ मोक्तान , नेवा ब्युरो प्रमुख सुमन सायमी , मधेस ब्युरो संयोजक राजिव झा , राष्ट्रिय मुक्ति क्रान्ति अभियान बरिस्ठ नेता केशव झाको उपस्थित रहनुका साथै ६००–७०० जनाको उपस्थितिमा नाराबाजि गर्दै जनप्रदर्शन कार्यक्रम भएकोे थियो ।
ADVERTISEMENT