
मन्त्री भण्डारीका अनुसार नेपालमा ३३ हजार मेट्रिक टन खाद्यान्न स्टक गर्नुपर्ने लक्ष्य रहेपनि त्यो अझै पूरा हुन सकेको छैन ।हाल हामी त्यो लक्ष्यको नजिक पुग्दैछौं,’ उनले भने, ’तर यस वर्ष पेट्रोलियम पदार्थभन्दा पनि बढी सोयाबिनको आयात भएको देखिएको छ। पहाडहरू रित्तिँदै गएका छन्, खेतबारी बाँझो छन्, र युवाहरू खाडी मुलुकमा श्रम बेच्न बाध्य छन्। विदेशको विषादीयुक्त खाद्यपदार्थ खाएर जीउ जोगाउनु हाम्रो लागि विडम्बनाको कुरा हो ।उनले हिमाली तथा पहाडी क्षेत्रमा रैथाने अन्नबालीको उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।मन्त्री भण्डारीले चामल, दाल, तरकारी, फलफूलजस्ता वस्तु उत्पादन हुने प्रमुख क्षेत्रहरूको पहिचान गरी उत्पादन र निर्यातसम्मको प्रक्रियामा निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।