इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षामा मन्त्री अर्यालको चासो
zeenepal
२०८१ बैशाख २,
3
Shares
काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गरेका छन् ।आइतबार बिहानदेखि इरानले इजरायलको राजधानी तेल अविव लगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गरेका हुन् ।
श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोनमा सम्पर्क गरी नेपाली श्रमिकको बारेमा जानकारी लिएका हुन् । राजदूत रिजालका अनुसार अहिलेसम्म नेपाली श्रमिक सुरक्षित छन् । दूतावासले अत्यावश्यक बाहेक घरबाट ननिस्कन नेपाली श्रमिकलाई आग्रह गरेको छ । इजरायलमा हाल ४ हजारभन्दा बढी नेपाली छन् ।