काठमाडौँ। नेपालस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ–संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र अर्थमन्त्री श्री वर्षमान पुनको उपस्थितिमा सो एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरिएको हो । समारोहमा स्थानीय निकायका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक नेता, सरकारी पदाधिकारी र समाजसेवीको उपस्थित थिए ।
कार्यक्रममा राजदूत श्रीवास्तवले स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार विकासमा यो पहलले भारत–नेपाल विकास साझेदारीलाई सुदृढ बनाएको बताए । उनले यस कार्यक्रमले भौगोलिक विकटताका बाबजुद जनजीवनलाई सरल र विकास यात्रालाई मद्दत पुर्याएको पनि बताए । भारतले सन् १९९४ देखि हालसम्म नेपाललाई १००९ एम्बुलेन्स र ३०० स्कुल बस उपहार गरिसकेको छ

