
कार्यक्रममा राजदूत श्रीवास्तवले स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार विकासमा यो पहलले भारत–नेपाल विकास साझेदारीलाई सुदृढ बनाएको बताए । उनले यस कार्यक्रमले भौगोलिक विकटताका बाबजुद जनजीवनलाई सरल र विकास यात्रालाई मद्दत पुर्याएको पनि बताए । भारतले सन् १९९४ देखि हालसम्म नेपाललाई १००९ एम्बुलेन्स र ३०० स्कुल बस उपहार गरिसकेको छ