काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने अहिलेको व्यवस्था फेर्नुपर्ने बताएका छन् ।आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै उनले रोड टेष्ट (सडकमा प्रयोगात्मक अभ्यास) नगरी ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) दिने परिपाटी नै गलत भएको दाबी गरेका हुन् ।
ADVERTISEMENT

