रफाह । अमेरिकी सेनाले गाजाको तटमा सहायता पुर्याउन बनाएको अस्थायी तटबन्ध पुनः स्थापित गरेका छन् । त्यहाँबाट राहत सामग्री ल्याउने काम सुचारु भएको छ । सेनाका अनुसार बिहीबार ६ हजार टनभन्दा बढी राहत सामग्री यही तटबन्ध हुँदै गाजा पुर्याएको छ । यो एकै दिनको अवधिमा तटबन्धबाट गाजा भित्रिएको राहत सामग्रीको अहिलेसम्मकै ठुलो परिमाण हो ।
अमेरिकी सेनाले गाजाको तटमा ३० करोड डलरको लागतमा यो तटबन्ध बनाएको हो । तीव्र हावा र खराब मौसमका कारण यो तटबन्ध दस दिनदेखि सञ्चालन हुन सकेको थिएन । जुन ८ मा इजरायली सैन्य बन्धकहरूको रिहाइको लागि अपरेसन सुरु भएदेखि संयुक्त राष्ट्र संघले यो तटबन्धको प्रयोग बन्द गरेको थियो ।
इजरायली सेनाले सैन्य कारबाहीमा यो तटबन्ध वरपरको क्षेत्र प्रयोग गरेको थियो । इजरायलले दक्षिणी गाजामा सहायताका लागि सुरक्षित मार्ग स्थापना गर्ने वाचा गरेको थियो । तर यो वाचा अझै पूरा भएको छैन । दक्षिणी सहर रफाहमा इजरायली सेनाको कारबाहीका कारण यहाँको मुख्य चौकी पनि बन्द छ ।