
तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरु र स्मारकहरु लुकेर रहेको चर्चा गर्दै उहाँले तिनको खोजी गर्नु, संरक्षण गर्नु र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको धारणा व्यक्त गरे ।अहिले तनहुँसुरलाई यता चुँदीतिरबाट र उता दमौली तिरबाट पक्की बाटोले जोड्ने काम पनि भैरहेको छ, दक्षिणतिर भगवती रंगपथसमेत गरी तीनै तिरबाट पक्की बाटो तनहुँसुर ताकेर बन्दैछ, हिजोको असुविधा र विकटता हट्दै छन्, डाँडका दिन फर्कदै छन्”, उनले भने ।
नेपालको इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व राखेको तनहुँसुरको ऐतिहासिक कालमा मात्र नभई मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमासमेत गौरवपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले मुलुकका राजनीतिक परिवर्तनका लागि सात सालको जनक्रान्तिको प्रारम्भसमेत यस जिल्लामा यसै ठाँउबाट गरिएको स्मरण गरे ।त्यतिखेर बन्दिपुरमा भएको संघर्षमा राणा फौजको गोली लागि ६ जना सपुतहरू धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तवहादुर राना मगर, चन्द्रवहादुर सार्की (नेपाली) र खड्गबहादुर गोदारले सहादत प्राप्त गरेका थिए । वि.सं २०१८ सालमा पनि धेरै शहिद भए जसमध्ये वुद्धसिंह राना मगर यसै क्षेत्रका थिए । “म ती शहीदहरूप्रति यस अवसरमा सम्मान अर्पण गर्दछु, यसरी देशको लागि प्राणाहुति दिने ती शहिदहरू र शहिदका परिवारप्रति राज्यले गर्नुपर्ने दायित्य अझै पूरा हुन बाँकी छ”, उनले भने ।