
प्रतिपक्षीसँग शक्ति नरहेको र शक्ति नभएको प्रतिपक्षले प्रजातन्त्रको सुरक्षा गर्न नसक्ने उनको भनाइ थियो । ‘प्रतिपक्षसँग शक्ति छैन । शक्ति नभएको प्रतिपक्षले प्रजातन्त्रको सुरक्षा गर्न सक्दैन,’ साउदले भने । नेता साउदले १४ औँ महाधिवेशनको म्यान्डेडअनुसार पार्टीको विभिन्न जिम्मेवारीमा पुगेका नेताहरूको ध्यान पार्टीलाई मजबुत बनाउनेतर्फ कन्द्रित हुन नसकेको पनि बताए । ‘१४ औँ महाधिवेशनले परिपक्व नेतृत्वलाई स्थान दिनुपर्छ, युवालाई पनि स्थान दिनुपर्छ भन्ने उद्देश्यले सबैलाई मिलाएर पार्टी चलाउनुपर्ने जिम्मेवारी दिएको छ,’ साउदले भने, ‘तर, त्यो जिम्मेवारी लिइसकेपछि पनि सबैले पार्टीलाई बलियो बनाउन जुन किसिमले सहकार्य गरेर प्रभावकारी बनाउनुपर्ने हो, त्यतातिर हाम्रो ध्यानकेन्द्रित हुन सकेको छैन ।’