काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त सदस्य पदका लागि ७ र ८ वैशाखमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने भएको छ ।सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदकहरूको नामावली प्रकाशन गर्दै प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने कार्यतालिका प्रकाशित गरेको हो ।
ADVERTISEMENT

