बाँके (नरैनापुर) : नेपाली कांग्रेस नरैनापुर गाउँपालिका वडा नम्बर २ को वडा सम्मेलन सम्पन्न भएको छ । उक्त वडाका सभापति अकवाल शेखको सभापतित्वमा सम्पन्न उक्त सम्मेलनमा प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका नेता हुर्मत न्यौपाने, कांग्रेस बाँकेका जिल्ला सदस्य अनिलकुमार श्रेष्ठ, पार्टीका नरैनापुर गाउँपालिका सभापति मेराज अहमद खाँ लगायतले बोलेका थिए ।
उक्त सम्मेलनमा पार्टीका नरैनापुर गाउँपालिका, वडा नम्बर २ का विभिन्न पदमा रहेका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।