साउदी भिसा सेन्टर खोल्ने विषयमा वैदेशिक रोजगार व्यवसायीको गम्भीर आपत्ति
zeenepal
२०८० बैशाख ३०,
15
Shares
काठमाडौँ । केही मेनपावर व्यवसायीको मिलेमतोमा साउदी भिसा सेन्टर खोल्न लागेको विषयमा वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ। भिसा सेन्टरको नाममा केही व्यवसायी लागिरहेको बेला संघले आपत्ति जनाएको हो।साउदी दूतावासले मे ८ २०२३ मा परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो। साउदीका सबै प्रकारका भिसा तथा यात्रा सम्बन्धी कामका लागि अनुमति मागेको थियो। त्यही आधारमा परराष्ट्र मन्त्रालयले संघलाई पत्र पठाएको थियो। यो विषयमा रातोपाटीले समाचार प्रकाशित गरेको थियो। भिसा सेन्टरमा लागि भनेर भिएफएस ग्लोबल सर्भिसेज भन्ने संस्था कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता समेत गरेको पाइएको छ।