नेपालगन्ज :युटुव हेरेर आफैले बनाएको पेस्तोल पड्किदाँ बाँके राप्ती सोनारीका १६ वर्षिय सचिन थारु घाइते भएका छन् । उनी राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित चाचरफर्का गाउँ निवासी हुन् । शनिबार राती करिव १२ बजेतिर थारुले उक्त पेस्तोल पाइटको गोजीमा राखेको र निकाल्ने क्रममा आफै पड्केको बताइएको छ ।पेस्तोलको छर्रा उनको दायाँ खुट्टाको पछाडी लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।
थारुले युटुव हेरेर नै आफुले पेस्तोल बनाउन सिकेको प्रहरीलाई बयान दिएका छन् । काठ र फलाम प्रयोग गरेर पेस्तोल जस्तै देखिने हतियार बनाएका थिए । उक्त घटनाको अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।घाइते थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।