काठमाडौं । सहकारी छानबिनका लागि बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ ।आइतबार कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा कार्यदलको बैठक दुई पटक बसेको थियो । कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालका अनुसार कार्यदेशको मस्यौदा आदानप्रदान पनि भयो, तर सहमति जुट्न बाँकी छ ।सत्तारुढ दलहरू समग्र सहकारीको छानबिन गर्ने पक्षमा छन् । खनालले भने, ‘कुनै एक व्यक्तिलाई आजै दोषी हो भनेर उहीमाथि मात्रै छानबिन हुनु न्यायोचित हुँदैन ।
प्रमुख विपक्षी कांग्रेसले भने सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम अपचलनबारे संसदीय समितिले छानबिन गर्ने कार्यादेशमा उल्लेख हुनुपर्ने बताएको छ ।‘समग्र सहकारीको राज्यका निकायहरूले छानबिन गर्छ’ कांग्रेसका एक नेता भन्छन्, ‘सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको राज्यका निकायले नहेरेका कारण संसदीय समितिले हेर्नुपर्छ भन्ने हाम्रो माग हो । यसमै सहमति हुन सकेको छैन ।’