नवौं धारा नेपालगन्ज म्याराथनको तयारी पुरा, ८ गते मेघा बहस ‘नेपालगन्जमा
zeenepal
२०८० मंसिर ७,
24
Shares
नेपालगन्ज गते ।पश्चिम नेपालको ब्यवसायीक शहरको नयाँ पहिचान बनाउन सफल भएको धारा नेपालगन्ज म्याराथनको तयारी पुरा भएको छ । नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच दशक लामो सशस्त्र द्धन्द्ध विधिवत अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३)को स्मरणमा संचालन हुदै आएको धारा नेपालगन्ज म्याराथनको नवौ संस्करणको तयारी पुरा भएको आयोजकले जनाएको छ ।आयोजक क्रियटिभ ह्याण्डस्ले विहिबार पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्रियटिभ ह्याण्डस्का संस्थापक अध्यक्ष टिएस ठकुरीले मंसिर ९ गते हुने नवौं धारा नेपालगन्ज म्याराथनसँगै मंसिर ८ गते मेघा बहसकारुपमा संचालन हुने नेपालगन्ज कनक्लेभको तयारी पनि पुरा भएको बताए । कनक्लेभमा आर्थिक, साहित्य,आधाआकाश, खेल सहितको बिभिन्न बिषयमा बहस (नेपालगन्ज कनक्लेभ) हुने बताइएको छ ।यस वर्ष म्याराथनमा पुरस्कार राशी वृद्धि गरिनुका साथै रेकर्ड ब्रेक गर्ने एक खेलाडीले लण्डन म्याराथनमा सहभागी हुन पाउने अध्यक्ष ठकुरीले बताए । ठकुरीका अनुसार उत्कृष्ट स्कोर हासिल गर्ने खेलाडीने लण्डन म्याराथनमा सहभागी हुने अवसर प्राप्त गर्ने छन् । धारा नेपालगन्ज म्याराथन, नेपाल र युकेबीच नेपालगन्ज म्याराथनको कोर्स रेकर्ड ब्रेक गर्ने एकजना खेलाडीलाई लण्डन म्याराथनमा सहभागी गराउने समझदारी भएको ठकुरीले बताए । लण्डन म्याराथन संसारकै ६ उत्कृष्ट म्याराथनमध्ये एक हो ।नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता ५ मंसिर २०६३ स्मरणमा ५ मंसिरमा नेपालगन्जको बीपीचोक र कोहलपुर चौराहामा दीप प्रज्वलनसमेत गरिदै आएको छ ।नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्म रेश एम्मबाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । नेपालगन्ज म्याराथनमा एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए ।
त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्ला निवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीं, सातौमा एपीएफकै किरणसिंह बोगटी र आठौँमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौ र आठौं संस्करणमा गोल्डेन गर्न सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन । त्यसैगरी पहिलोमा एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।नेपालगन्ज कनक्लेभमा युवा आर्कषण नवौं धारा नेपालगंज म्याराथनको अघिल्लो दिने शुक्रबार अर्थतन्त्र, साहित्य, खेलकुद् र महिला सशक्तीकरणबारे विचार मन्थन गर्ने गरी नेपालगन्ज कनक्लेभ आयोजना गरिदै छ । म्याराथनको अघिल्लो दिन नेपालगन्ज म्याराथनलाई एउटा उत्सवका रुपमा अघि बढाउन यसै वर्षदेखि म्याराथनसँगै नेपालगन्ज कन्क्लेभसमेत आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष ठकुरीले बताए । उनले कन्क्लेभ म्याराथनको बौद्धिक वार्मअप भएको पनि बताए ।कनक्लेभलाई नेपालगन्ज साहित्य उत्सव–२०७३ को अर्को स्वरुपको शृंखलाका रुपमा अघि बढाउन लागिएको कनक्लेभका मोडरेटर पत्रकार जनक नेपालले बताए ।
साहित्यसम्बन्धी अर्को सेसन छ, नेपाली आख्यानः के पढ्ने ? के लेख्ने ? आख्यानकार नयनराज पाण्डे, सुबिन भट्टराई, यस वर्षका मदन पुरस्कार विजेता उपन्यासकार विवेक ओझा, अभिनेत्री सुरक्षा पन्त वक्ता रहने छन् भने पत्रकार जनक नेपालले यो सेसनको सहजीकरण गर्नेछन् ।युवा उद्यमशिलतासम्बन्धी स्वदेशमै सम्भव छः युवा उद्यम र रोजगार विषयक छलफलमा हिमालय रिइन्स्योरेन्सका सीईओ उपासना पौडेल, युवा उद्यमी संघका अध्यक्ष सहारा जोशी, डल्फिन ग्रुपका डाइरेक्टर तीर्थ थापा र आईएमई ग्रुपका सचिन ढकाल वक्ता रहने छन् भने यो सेसनको मोडरेटर नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा. नितेश कनोडियाले गर्ने छन् ।नेपालगन्ज कनक्लेभको अन्तिम सत्रमा अभिनेता राजेश हमालसँग त्रिवि सहप्राध्यापक केशव सिग्देलको समाज, सिनेमा र साहित्यबारे संवाद हुने आयोजकले जनाएको छ ।पत्रकार सम्मेलनमा मेडिकल कलेजका निर्देशक नितेश कनोडिया, प्रदेश खलकुद परिषद लुम्बिनीका सदस्य नरेन्द्र थापा लगायतले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए । म्याराथनमा नेपालकै उत्कृष्ठ खाद्य उत्पादक केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ ।