सरकारबाट प्रेस स्वतन्त्रतामाथि अनैतिक हमला भयो : राजेन्द्र बजगाईँ
zeenepal
२०८१ जेष्ठ ८,
9
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद् राजेन्द्र बजगाईँले गृहमन्त्री रवि लामिछानेविरुद्ध समाचार लेखेको आधारमा कान्तिपुर मिडियामाथि सरकारले अनैतिक हमला गरेका बताएका छन् ।सोमबार दिउँसो कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई भेटेर फर्किएपछि बजगाईँले सरकार प्रतिशोधमा उत्रिएको बताए ।
कान्तिपुरमाथि प्रतिसोधका आधारमा सरकारले पक्राउ पुर्जी जारी गरिएको छ भनिएको छ । हामीले उहाँको नागरिकताबारे पनि अध्ययन गरौँ । उहाँले दुई वटा नागरिकता लिनु भएको छैन । मिति फरक परेको हो । मिति फरक पर्नुमा प्रशासन कार्यालयको पनि त्रुटि होला,’ उनले भने । गृहमन्त्री रवि लामिछानेको नागरिकता, पासवर्ड र सहकारीको काण्डबारे समाचार लेखेपछि प्रतिरोध साँधेर कान्तिपुरका अध्यक्ष सिरोहिया र कान्तिपुर मिडियामाथि अनैतिक हमला भएको उनको भनाइ छ ।
उहाँ अनुसन्धान गर्ने निकायको कार्यकारीमाथि हामी नेपाली कांग्रेस र नेपालको स्वतन्त्र प्रेसले उठाएको कुरामा व्यक्तिगत प्रतिरोध साँधेर कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया, कान्तिपुर मिडिया र प्रेस स्वतन्त्रतामाथि अनैतिक हमला गर्नु भएको छ,’ उनले भने, ‘त्यसको विरुद्धमा हामी ऐक्यबद्धता गर्न आएका हौँ । कान्तिपुरको मिडिया हाउसमा प्रहरी बसेको थाहा पाएपछि संसद् बन्द हुनासाथ हामी ऐक्यबद्धता गर्न आएका हौँ ।’