मलेसिया । मलेसियन सरकारले वैदेशिक कामदारको आवेदनमा रोक लगाउने म्याद फेरि लम्ब्याउने निर्णय गरेको छ । गृहमन्त्री दत्तुक सेरी सैफुद्दीन नासुशन इस्माइलले यसबारे जानकारी दिएका हुन् ।देशमा विदेशी कामदारको संख्या अर्थ मन्त्रालयले प्रक्षेपण गरेको १.७१ करोड श्रमशक्तिको १५ प्रतिशतभन्दा बढी हुन नहुने सैफुद्दिनले सोमबार पत्रकार सम्मेलनमा दोहोर्याए।
विदेशी कामदारहरूको हालको संख्या, जसमा स्वीकृत कोटा भएका, प्रवेशको लागि पर्खिरहेका र रिक्यालिब्रेसन २.० [कार्यक्रम] मार्फत दर्ता भएकाहरू समावेश छन्, अर्थ मन्त्रालयले तोकेको अधिकतम सीमा यो वर्ष डिसेम्बर ३१ सम्ममा पुग्ने अपेक्षा गरिएको छ,’ उनले भने ।
सरकारले २०२३ मार्चदेखि विदेशी कामदारको नयाँ भर्नामा रोक लगाएको छ। ‘सोमबार बैठकमा [मानव संसाधन मन्त्रालयसँग], हामीले विदेशी कामदारको आवेदनमा हालको रोक लगाउने नीतिलाई निरन्तरता दिने निर्णय गर्यौँ । विदेशी कामदारहरूमा कुनै नयाँ कोटा छैन

