विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई सम्हाल्नुपर्ने बताएका छन् ।मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले आफूले भनेजस्तो नै हुनुपर्छ भन्ने अडान राख्न नहुने बताए ।कांग्रेसले आफूलाई सम्हाल्नुपर्यो कांग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक अभ्यास मूल्य मान्यतामा आउनुपर्यो’, उनले भने ।
त्यसो भए घेराउकै बीच बजेट ल्याउने हो भन्ने प्रश्नमा ओलीले यसअघि पनि त्यसरी बजेट आएको बताए । ‘घेराउका बीच बजेट आएका छैनन् ? हामीले १२ पल्ट घेराउ गर्दागर्दै बजेट आएको देख्नुभएको थिएन ?’, ओलीले प्रश्न गरे ।५ जेठमा शीर्ष नेताहरुबीच भएको सहमति अनुसार सहकारीको वचत अपचलनमा छानबिन समिति बन्न सक्ने ओलीले बताए । ‘५ गते टुंगिएको अनुसार हो भने (छानबिन समिति) बन्न सक्छ’, उनले भने ।