विराटनगर । बहुलराष्ट्रिय राज्य स्थापनार्थ पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सञ्चालन गरेको राष्ट्रिय मुक्ति क्रान्तिले पूर्वमा विविध कार्यक्रम सार्वजनिक गरेको छ ।यी एक महिने राष्ट्रव्यापी कार्यक्रम अन्तर्गतका कार्यक्रम हुन् । राष्ट्रिय मुक्ति क्रान्तिको यो दोस्रो चरणको कार्यक्रम हो ।राष्ट्रिय मुक्ति क्रान्तिको गभर्निङ्ग काउन्सिलको जेठ ७ गेतदेखि २६ गतेसम्म विविध कार्यक्रम सार्वजनिक गरिएको छ।
कुन जिल्लामा कस्तो कार्यक्रम ?जेठ ७ गते धरानमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सन्जु खापुङ र श्यामसेरिङको संयोजकत्वमा योङ इन्डिजिनिस्ट लिगको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।यस्तै, जेठ ८ गते पाँचथर जिल्लाको सदमुकाम फिदिम बजारमा त्यस क्षेत्रको इन्जार्जसँग भेटघाट कार्यक्रम रहेको थियो भने ९ गते याङबरकमा प्रशिक्षण कार्यक्रम रहेको छ।जेठ १० र ११ गते पाँचथरको फिदिममा बैठक , छलफलको कार्यक्रम रहेको छ भने १२ गते फिदिम बजारमा जनप्रदर्शनको कार्यक्रम तय भएको छ ।
यस्तै, जेठ १३ गते मोरङको रंगेलीमा, १५ गते सुनसरीको इनरुवा र उदयपुरको गाईघाटमा अन्तरक्रियात्मक कार्यक्रम हुने छ भने खोटाङ जिल्लाको दिक्तेलमा प्रारम्भिक बैठक रहेको छ ।भोजपुर जिल्लाको साल्पा,सिलिजुङ र ट्याम्केमा जनप्रदर्शन साथै संवाद कार्यक्रम हुने तय भएको छ ।
यस्तै, धरानमा जेठ १८ र १९ गते अन्तरक्रिया, छलफल लगायतको कार्यक्रम रहेको छ भने २० देखि २५ सम्म सम्पूर्ण जिल्लाका व्युरोसँग छलफल कार्यक्रम तय भएको छ ।२६ गते विराटनगरमा जनप्रदर्शनको कार्यक्रम रहेको जनाइएको छ।
ADVERTISEMENT