
संसदीय छानबिन समिति गठनमा सत्ता पक्ष सहमत भए पनि समितिको कार्यादेशमा कुरा मिल्न सकेको छैन । गृहमन्त्री लामिछानेको नाम नै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कांग्रेसको छ । सत्ता पक्ष लामिछानेको नाम उल्लेख गरेर कार्यादेश बनाउने पक्षमा देखिएको छैन । बिहानको छलफलमा पनि दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा सहमति हुन सकेन । प्रधानमन्त्री प्रचण्डले सत्तारुढ एमाले–रास्वपा र विपक्ष कांग्रेसलाई आन्तरिक छलफलका लागि समय दिएका छन् । सहमहामन्त्री परियारका अनुसार आजै साँझ प्रधानमन्त्रीले दुवै पक्षलाई बोलाउने छन् ।