गुल्मी । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गुल्मीमा आईपीभी खोप अभियान सञ्चालन हुँदैछ । अभियानअन्तर्गत गुल्मीका १२ वटै स्थानीय तहका खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोगविरुद्धको आईपीभी खोप लगाइने भएको हो ।
३९२ केन्द्रमार्फत १० हजार ८१० जना बालबालिकालाई आईपीभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताए । उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई आईपीभी खोप लगाइने छ ।
ADVERTISEMENT

