काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ देखि १० वर्षलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरेको छ ।आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले लगानी दशक घोषणा गरे पनि कृषि मन्त्रालयको बजेट भने घटेर आएको छ चालु आवभन्दा १ अर्ब ६९ करोड घटेर ५७ अर्ब २९ करोडमात्र विनियोजन भएको छ । अहिले कृषि मन्त्रालयको बजेट ५८ अर्ब ९८ करोड छ । चालु आव तुलनामा बजेट घटे पनि पछिल्लो दशक भने बजेट बढेको देखिन्छ ।
यस्तो छ पछिल्लो १२ वर्षको कृषि बजेट
- आव २०७०/७१ : २१ अर्ब ४० करोड
- आव २०७१/७२ : २३ अर्ब २८ करोड
- आव २०७२/७३ : २१ अर्ब ५१ करोड
- आव २०७३/७४ : २७ अर्ब ४३ करोड
- आव २०७४/७५ : २४ अर्ब २६ करोड
- आव २०७५/७६ :२९ अर्ब ९४ करोड
- आव २०७६/७७ : ३४ अर्ब ८३ करोड
- आव २०७७/७८ : ३७ अर्ब ४० करोड
- आव २०७८/७९ : ४५ अर्ब ०५ करोड
- आव २०७९/८० : ५५ अर्ब ८९ करोड
- आव २०८०/८१ : ५८ अर्ब ९८ करोड (चालु)
- आव २०८१/८२ : ५७ अर्ब २९ करोड (आगामी)
- आव २०७७/७८ : ११ अर्ब
- आव २०७८/७९ : १२ अर्ब
- आव २०७९/८० : १५अर्ब
- आव २०८०/८१ : ३० अर्ब (चालु)
- आव २०८१/८२ : २७ अर्ब ९७ करोड

