नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा मतपत्र बढी फेला परेपछि विवाद उत्पन्न भएको छ । उक्त वडाको मतगणना सम्पन्न भएर रुजु गर्ने क्रममा ९ वटा मतपत्र बढी हुन आएको थियो ।
मतगणनाका क्रममा नेकपा एमालेका दिपककुमार वर्माले २२५७ र नेपाली कांग्रेसका मंगलप्रसाद वर्मा (सानु)को १६२६ मत प्राप्त गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले वर्मालाई वडाअध्यक्षमा निर्वाचित भएको घोषणा नगर्दै मतपत्र बढी फेला परेपछि विवाद उत्पन्न भएको हो ।विवाद मिलाउने विषयमा अहिले मुख्य निर्वाचन अधिकृत, निर्वाचनका कर्मचारी, उम्मेदवार र पार्टीका प्रतिनिधीबीच छलफल भइरहेको छ ।
ADVERTISEMENT