
आर्थिक स्रोतका हिसाबले पनि आयुर्वेद ठूलो क्षेत्र हुन सक्ने बताउँदै मन्त्री बस्नेतले भने, “हाम्रो जडीबुटीको यति ठूलो भण्डार छ कि यसलाई राज्यले जति हदसम्म प्रयोग, उत्खनन र व्यवस्थित गर्न सक्नुपर्दथ्यो त्यो भएन ।” जडीबुटी खेतीको सम्भावना धेरै रहेको उल्लेख गर्दै उनले जडीबुटीको उत्पादन र निर्यात बलियो आर्थिक स्रोत बन्न सक्ने बताए ।आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन र अध्यापन गर्नुको सङ्ख्या बढाउनुपर्नेमा समेत जोड दिँदै मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रको विकासका लागि आवश्यक छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्याय डा वासुदेव उपाध्यायले आयुर्वेदको अभ्यासलाई प्रमाणमा आधारित बनाउनुपर्नेमा जोड दिए । “हामी प्रमाणका आधार भएर अभ्यास नगरेसम्म यसको प्रभावकारिता देखाउन सक्दैनौँ । अबको समयमा हामीले आयुर्वेदको विधालाई विश्वस्तरमा नै मान्यता प्राप्त बनाउन सक्नुपर्छ”, उनले भने, “नेपालको भौगोलिक विविधतामा पाइने जडीबुटीमा अनुसन्धान गर्न हामी तयार छौँ । भारत र चीनसँगै अन्य देशसँग जनशक्ति र ज्ञान आदानप्रदान गर्न तत्पर छौँ ।यही मङ्सिर ९ देखि ११ गतेसम्म हुने उक्त सम्मेलनमा भारत, पोर्चुगल, बङ्गलादेश, श्रीलङ्कालगायत देशको उपस्थितिमा आयुर्वेदका ज्ञान, सीप एकअर्कामा आदानप्रदान गर्न सहयोग पुर्याउने फाउन्डेसनका अध्यक्ष विजेन्द्र शाहले बताए ।