जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गर्दै ९ वटा निर्णय गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरेका हुन् मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई लक्षित गरी नमुना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने निर्णय गरेका छन् ।
यस्तै मधेश प्रदेशका प्रत्येक जिल्लामा नमुनाको रुपमा १/१ वटा खुला शैक्षिक पार्क तयार गर्ने उनले बताए । मधेश प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापन पर्ने निर्णय भएको उनले बताए ।
वैदेशिक रोजगारबाट सीप सिकेर फर्किएका जनशक्तिलाई परिचालन गर्दै सीपलाई रोजगारसँग जोड्ने कार्यक्रम लागू गर्ने निर्णय भएको उनले बताए ।उनले मधेशमा रहेको चरम भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन कायम गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको बताए । उनले भने, ‘म जतिदिन पदमा रहन्छु, सबै दललाई मिलाएर सहकार्य गरेर जनताको पक्षमा काम गर्छु।’
ADVERTISEMENT

