
रासायनिक मलको उपलब्धतामा सहजीकरण गर्न सकिने बताएका मन्त्री भुसालले नेपालको कृषि प्राविधिकहरुलाई भविष्यमा विभिन्न प्राविधिक विषयमा तालिम तथा अध्ययनको अवसर उपलब्ध गराउन आग्रह गरे ।भेटमा राजदूत एल्गेबालीले नेपालसँग आफ्नो देशले व्यापारिक साझेदारी गर्न चाहेको बताइन् । साथै नेपालको माग भएमा रासायनिक मल दिन सक्ने जनाइन् । आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहयोग आदानप्रदान गर्दै जानुपर्नेमा जोड दिइन् ।