
बिहीवार अपरान्ह संसद भवन परिसरमा सञ्चारकर्मीहरुले मन्त्रीपरिषद् पुनर्गठनबारे प्रश्न गरेका थिए । त्यसको जवाफमा अध्यक्ष नेपालले सोबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहाल प्रचण्डसँग भेटेर सोध्ने बताए ।
अध्यक्ष नेपालले भने, ‘मलाई थाहा छैन । आज भेट हुँदाखेरी सोधौला । सांसदहरुको संसदप्रति रुची कम भएको होला ।प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गर्दै आएका छन् । तर नेपालले भने आफूलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।