काठमाडौं । कोसी प्रदेशमा हाल मनसुन प्रणालीको प्रभाव छ । यो वर्षको मनसुन गएको सोमबार (जेठ २८) गते नेपाल भित्रिएको थियो । तर, कोसी प्रदेशका सम्पूर्ण भूभागमा यसको पूर्ण असर अझै नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोसीको पूर्वी भूभागमा भने मनसुनका कारण वर्षा भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । मनसुन प्रणालीमा प्रगति भइरहेको उनले उल्लेख गरे ।प्रोग्रेस प्रगति देखिन्छ । कोसीका सबै भूभागमा कभर फैलिएको गरेको छैन,”उनले भने,“पूर्वी भागमा वर्षा भइरहेको छ । पश्चिम कोसी प्रदेशको पश्चिम क्षेत्र तिर बादल लागेको छ । तर, राम्रो असर गरेको छैन ।मनसुनका कारण कोसीका झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, संखुवासभा, ताप्लेजुङलगायत जिल्लामा वर्षा भएको उनले बताए । मनुसनको प्रभाव अरू भूभागमा पनि विस्तारै देखिने क्रममा रहेको उनले जानकारी दिए ।
उनका अनुसार, मधेस प्रदेशको पूर्वी भूभागमा मनसुनअनुकूलन वातावरण बनेको छ । वाग्मती प्रदेशको पूर्वी भूभागमा समेत मनसुनअनुकूलन वातावरण बनेको उनले बताए ।मधेस प्रदेशको पूर्वी भूभाग र वाग्मती प्रदेशको पूर्वी भूभागमा पनि मनसुनअनुकूलन वातावरण बनेको छ,” उनले भने,“तर, ती क्षेत्रमा मनसुन भित्रिएकै भन्ने होइन ।
काठमाडौंमा वर्षाको सम्भावना
काठमाडौंमा आज वर्षाको थोरै सम्भावना रहेको उनले जानकारी दिए । दिउँसो र राति पनि काठमाडौंमा वर्षाको सम्भावना रहेको उनले बताए । यहाँ वर्षाको सम्भावना मनसुनका कारण भने नभएको उनले स्पष्ट पारे ।
स्थानीय वायुको प्रभावका कारण काठमाडौंमा वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । स्थानीय वायुलाई पानी पार्न मनसुनअनुकूलन वातावरणले ‘सपोर्ट’ भने गर्ने उनको भनाइ छ ।काठमाडौंमा दिउँसो र राति पनि वर्षाको सम्भावना छ । हल्का वर्षाको सम्भावना देखिन्छ,” उनले भने, “स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना छ । स्थानीय वायुलाई मनसुनअनुकूलन वातावरणको सपोर्ट रहन सक्छ ।काठमाडौंको आज तापक्रम ‘उच्च’ हुने सम्भावना नरहेको उनले बताए । हिजोअस्तिभन्दा तुलनात्मक रूपमा तापक्रम घट्ने अवस्था रहेको उनले उल्लेख गरे ।बिहीबार हिजो र बुधबार अस्ति काठमाडौंको अधिकतम तापक्रम समान ३४.३ डिग्री सेल्सियस थियो । यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तापक्रम यही जेठ २८, १७ र ११ गते समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जानकारी गराएको छ ।