कानुनमन्त्री र मुख्य सचिव लिएर राष्ट्रपति निवास पुगे प्रधानमन्त्री ओली
zeenepal
२०८१ पुष २६,
27
Shares
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।यद्यपि भेटका विस्तृतका के कुरा भयो भन्नेबारे भने प्रधानमन्त्री ओलीको सचिवालयले केही खुलाएको छैन ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेट्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारीहरूलाई समेत लगेका थिए ।