पालिकामा लेखा अधिकृत समय समयमा नआउने कारणले कामकाजमा समस्या : अध्यक्ष शाह
zeenepal
२०८१ असार ६,
60
Shares
नेपालगन्ज । नरैनापुर गाउँपालिका पछिल्लो समय कर्मचारी विहिन बन्दै भएको अवस्था छ । केही दिनदेखि नरैनापुर गाउँपालिकाका लेखा प्रमुख अफिस नआउने र आएपनि काम नहुने गरेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताएका छन् ।
कामकाजको समयको बेला काम समेत नगर्ने गरेको अवस्था उहाँको गुनासो रहेको हामीलाई बताउनु भएको छ । नरैनापुर गाउँपालिकामा काम गर्नमा समस्या रहेको विभिन्न नागरिकहरूको समेत गुनासो गर्दै आइरहेको अवस्था छ ।लामो समयदेखि काम गर्नमा समस्या रहेको तर कार्यालयमा लेखा अधिकृत भरत बस्नेत आइरहेको नरैनपुर गाउँपालिकाका कार्यकारी अधिकृत जनकलाल चौधरी ले बताएका छन् ।
नरैनापुर गाउँपालिकाका लेखाधिकृत कहिले काठमाडौँ कहिले गाउँघर कहिले नेपालगन्ज सहरमा घुमिराख्ने पालिका नआउने गरेको अवस्था रहेको स्थानीयले बताउँछन् । गाउँपालिका अध्यक्षले भन्छन् कि म अब पालिका नै बन्द गरेर हिँड्ने अवस्था आइसक्यो ।