नेपालगन्ज २९ जेठः नेपालगन्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाइने भएको छ ।बिश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले आईतबार आयोजना गरेको बाल श्रम सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले बालश्रम ठुलो समस्याको रुपमा रहेको भन्दै यसको नियन्त्रण र रोकथाम अति आवश्यक भएको बताए ।उनले यसका लागि उपयुक्त कार्ययोजना बनाउन आग्रह गर्दै आगामी बजेटमा प्रर्याप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गरे । नेपालगन्जलाई बालमैत्री नगरको रुपमा विकास गर्दै अघि बढ्ने उनको भनाई छ ।
कार्यक्रममा उपप्रमुख कमरुद्दिन राईले बालश्रममा रहेकालाई एक्कासी घर फिर्ता गराउनु भन्दा यसको जडको खोजी गर्नुपर्नेमा जोड दिए । अधिकास विपन्न समुदायका बालबालिका नै बालश्रममा रहेको भन्दै उनले बालबालिकाले काम नगरे साँझ विहानको चुल्हो नजल्ने घरपरिवारलाई लक्षित गरेर कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे
ADVERTISEMENT