
सहअध्यक्ष शुक्लाले भने, ‘साथीहरूसँग छलफल गरिरहेको छु । त्यहाँबाट जे सुझाव आउँछ, त्यो अनुसार अगाडि बढ्छु ।’ उनले प्रधानमन्त्री केपी शर्मा अोलीले विश्वासको मत लिएपछि पार्टीमै रहेर संघर्ष गर्ने वा अलग हुने भन्ने विषयमा निर्णय लिने बताए ।
प्रधानमन्त्री ओलीले यही साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने छन् । त्यसपछि लुम्बिनी र मधेस प्रदेशका नेताहरूसँग छलफल गरेर निर्णय लिने उनले बताए ।यस्तै शुक्ला निकट महासचिव मुकेश झाले पार्टीबाट अलग हुने सबै प्रक्रिया लगभग पुरा भएको बताए । उनले नेता तथा कार्यकर्ताको सुझाव पनि त्यस्तै आउने बताए ।