निर्माण व्यवसायीका समस्या समाधानमा सरकार सकारात्मक छ : उपप्रधानमन्त्री सिंह
zeenepal
२०८१ श्रावण ८,
3
Shares
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीका समस्या समाधानमा सरकार सकारात्मक रहेको बताएको बताएका छन् । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघसँगको भेटमा उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको बताए । उनले सरकारले निर्माण व्यवसायीहरूलाई सहज रूपमा काम गर्ने वातावरण बनाउने बताए । उनले निर्माण व्यवसायीलाई पनि आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे । भेटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको आवश्यक रहेको बताए ।