
हैजाको लक्षणसहित उपचारका लागि शुक्रराज अस्पतालमा ल्याइएका ती बालकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कल्चर गराउँदा हैजा पुष्टि भएको डा. पौडेलले बताए ।सङ्क्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार हैजा भिब्रियो कोलेरा नामक ब्याक्टेरियाको सङ्क्रमणबाट लाग्दछ । यो ब्याक्टेरिया पेटमा प्रवेश गरेपछि सानो आन्द्रामा पुगेर आफ्नो सङ्ख्या बढाउँछ । यसले कुनै निश्चित भागमा नभई व्यापक रूपमा सम्पूर्ण भागमा असर पुर्याउँछ । बर्खायाममा ब्याक्टेरिया, भाइरस फैलिन सजिलो हुने भएकाले यो रोग वर्षातको मौसममा बढी लाग्ने उनले सुनाए । दिसा पातलो र चौलानी पानीजस्तो हुनु, दिनमा पटक–पटक झाडापखाला हुनु, बान्ता हुनु, शिथिल र बेहोस हुनुजस्ता लक्षण देख पर्ने गरेको उनले बताए । यसबाट जोगिन खानेपानीको शुद्धतामा विशेष ध्यान दिनुपर्ने उनले सुझाव दिएका छन् ।
प्रदूषित पानीबाट हुने जोखिमबाट जोगिन यस्ता छन् विज्ञका सुझाव
–बर्खामा वर्षा र बाढीका कारणले वरपरका खानेपानीको मुहानमा ढल मिसिएर पानी दूषित हुन्छ । यस्तो पानी पिउँदा झाडापखाला, हैजाजस्ता सङ्क्रमण हुनुका साथै पेट दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने लगायत विभिन्न समस्या देखापर्छ । त्यसैले पानी उमालेर पिउनु पर्छ । यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गरेर पानी पिउने । –आफ्नो तथा आफ्नो वरिपरिको वातावरणको सरसफाइमा ध्यान पुर्याउनुपर्छ । बाढी प्रभावित क्षेत्रमा खानेपानी उपलब्ध गराउने निकायले सफा र सुरक्षित पानी उपलब्ध गराउनुपर्ने ।