
मन्त्री भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगार दशकको अभियानको रूपमा मनाउने गरी तयारी भइरहेको पनि बताए । उनले वैदेशिक रोजगारीमा गएका नेपालीलाई कसरी फर्काउने र उनीहरूलाई स्वदेशमै कसरी रोजगारी दिने भन्ने मुख्य चुनौती रहेको बताए । मन्त्रालयले प्रत्येक पालिका अन्तर्गतको रोजगार सेवा केन्द्रलाई रोजगार हबको रूपमा विकास गर्न लागेको उनले बताए ।