
मन्त्री गुरुङले प्रेस स्वतन्त्रता सँगै मर्यादित पनि हुनुपर्ने बताए । समितिको बैठकमा बोल्दै नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको भन्दै प्रेस स्वतन्त्रतालाई थिच्ने नभई प्रोत्साहन गर्नेगरी विधेयक आउनुपर्ने बताए । उनले सरकारको तर्फबाट मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा आधिकारिक धारणा आएपछि मात्रै दफावार छलफल गर्न सुझाव दिए ।