काठमाडौं, २६ साउन । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले बंगलादेशका अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री डा. मोहम्मद युनुसलाई छिटोभन्दा छिटो संक्रमणकालको अन्त्य गरि निर्वाचनको मिति घोषणा गरि लोकतन्त्रको बहाल गर्न आग्रह गरेका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै महतोले यस्तो अपिल गरेका हुन् । साथै, उनले बंगलादेशमा अल्पसंख्यक हिन्दू र बौद्धहरुमाथि भैरहेको ज्यादति र बर्बर दमनको पनि भत्र्सना गरेका छन् । विज्ञप्तीमा भनिएको छ–‘बंगलादेशमा सडक संघर्षबाट नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री डा. मोहम्मद युनुसलाई हार्दिक बधाईसहित सुखद् कार्यकालको कामना गर्दछौं । सर्वपक्षीय छलफल गरि छिटोभन्दा छिटो संक्रमणकाल अन्त्य गरि निर्वाचनको मिति घोषणा गरि लोकतन्त्रको बहाल गर्न बंगलादेशका प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छौं ।’
महतोले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ,‘साथै, आन्दोलन र संघर्षको नाममा अल्पसंख्यक हिन्दू र बौद्धहरुमाथि भैरहेको ज्यादति र बर्बर दमनको भर्त्सना गर्दछौं । मानवतालाई नै लज्जित गर्ने यसखालको दुव्र्यवहारले पूरै विश्वका मानव समाजलाई प्रभावित गरिरहेको र त्यसको विरुद्धमा विश्वभरि नै प्रतिकार हुनसक्ने संभावना रहेकाले यस्ता घट्नाहरु नियन्त्रण गर्नसमेत बंगलादेशी सरकारलाई आग्रह गर्दछौं ।’
ADVERTISEMENT