
यस्तै सोमबार भारतीय विदेश सचिव मिस्रीले सोमबार आफ्नो समकक्षी परराष्ट्र सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा उनीहरूबिच भारत र नेपालबिचको बहुआयामिक सहकार्यका विभिन्न पक्षमा छलफल भएको थियो । दुवै सचिवले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै थप सहकार्यका लागि अवसरहरूबारे छलफल गरेका थिए ।