काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका छन् । बुधवार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले बजेट छलफलको प्रक्रियामा सरकारले जस्तो ल्याएको छ,
त्यसलाई नै मान्नुपर्ने गरी सत्तापक्ष दलका सांसदहरू निरीहजस्तो देखिएको टिप्पणी गरेका हुन् ।सत्तापक्षका सांसदहरूले आफ्नो क्षेत्रका विषय उठाउन नसक्दा आगामी दिनमा उनीहरूमाथि नै जनताले प्रश्न उठाउन सक्ने उनले बताए । त्यस्तै उनले ढिलो गरी संसदको अधिवेशन आह्वान भएका कारण बजेट केन्द्रित छलफलहरू छिटो सकाउने बाध्यात्मक अवस्था सिर्जना भएको उल्लेख गरे । सरकारको नियत संसद् छल्ने देखिएकाले आगामी दिनमा यस्तो कमजोरी हुन नदिन आफूहरूले ध्यानाकर्षण गराएको उनले बताए । उनले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो देखिएकाले त्यसभन्दा फरक बजेट ल्याउनुपर्ने धारणा राखे ।
ADVERTISEMENT

