काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शन गरेकी नेपाली महिला भलिबल टिमकी खेलाडी निरुता ठगुन्नाको बढुवा भएको छ । उनी एपीएफमा सिपाहीबाट सहायक हवल्दारको पोष्टमा बढुवा भएकी हुन् ।बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरे ।
२०७६ सालमा एपीएफमा लोकसेवामा नाम निकालेर सिपाही बनेकी निरुताले उत्कृष्ट खेल प्रदर्शन गर्दै बढुवा पाएकी हुन् ।त्यसअघि उनले ३ वर्ष त्रिभुवन आर्मी क्लबबाट खेलेकी थिइन् यसअघि २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको थियो ।
एपीएफका तीन महिला भलिबल खेलाडी सम्मानित
यस्तै ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सम्मान गरिएको छ ।सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन् ।
महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरको भन्दै उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको थियो ।