
त्रिविले तोडफोडमा संलग्नलाई कारबाही गर्न नामै किटान गरेर उजुरी दिए पनि प्रहरीले गृह प्रशासनको संरक्षण पाएका आरोपीहरूलाई संरक्षण गरेको भन्दै आलोचना भएको छ । सोमबारको छलफलमा पनि निमित्त उपकुलपति प्राध्यापक खड्ग केसीले आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेकाहरू रिहा गरिएकामा चिन्ता व्यक्त गरेका थिए । केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुपर्ने लिखितपत्र प्रस्तुत गरेका छन् ।असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको समेत उनले बताएका थिए ।