
उनले भन्नुभयो, ‘उपभोक्ताको अधिकार र आपूर्ति सहज हुनुपर्छ । यसको निम्ति हामीले दलीय राजनीतिकरण गर्नु हुँदैन । अहिले सबैभन्दा बढी सांसद मान्यज्यूहरू बसेको पार्टी नेपाली काँग्रेस हो । त्यसपछिको नेकपा एमाले हो । दुवै पार्टीहरू सरकारमा छन् । दुवै पार्टीको सम्मिलित सरकार छ ।
यी दुवै पार्टी सरकारमा भइसकेपछि क्षमा याचना गर्ने मौका जनतालेले दिने छैनन् । खास गरी कस्तो प्रकारको राजनीतिकरण भइरहेको छ, यो उपभोक्ताहरूको हक हितमा भने विभिन्न उद्योगहरू, विभिन्न कम्पनीहरूका सञ्चालकहरू हामी तपाईँसँगै जोडिएका छौँ । सबैभन्दा बढी नेपाली काँग्रेस र नेकपा एमालेसँगै जोडिएका छन् । अहिले केही अनुगमन गरी गेटमा पुग्दा पनि यहाँ नेताज्यूहरूको फोन आउँछ । उपभोक्ताको हक हितको रक्षा वास्तवमा गर्ने हो भने उद्योगी, व्यवसायीहरूको राजनीतिकरणमा लाग्नु हुँदैन ।’