
बंगलादेशसँग विद्युत व्यापार र त्रिदेशीय सम्झौता
मन्त्री खड्काले बंगलादेशसँग ४० मेगावाट विद्युत बिक्री गर्ने त्रिदेशीय सम्झौता भएको बताउँदै यसमा भारतको प्रसारण लाइन प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे । भारतले नै १००० मेगावाट क्षमताको प्रसारण लाइनमध्ये ९५० मेगावाट प्रयोग गरिरहेकाले हामीले तत्कालका लागि ४० मेगावाट मात्र निर्यात गर्न सकेका छौँ,’ उनले भने ।मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले हरेक वडा तहसम्म २४ घण्टादेखि तीन दिनअघि नै सूचना सम्प्रेषण गर्ने प्रणाली विकास गरेको उनले बताए । उनले पार्टी पंक्तिलाई पनि यो सूचना प्रवाहमा सहयोग गर्न आग्रह गरे ।