काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एशोसिएसन समावेशी नभएको भनी पेश भएको रिट निवेदनलाई दर्ता गर्न आदेश दिएको छ ।पेशागत संगठनभित्रको समावेशीकरणको विषय जोडिएको निवेदन दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता दरपीठ गर्न अस्वीकार गरेको थियो अधिवक्ता सविता विमलीले दरपीठको आदेश विरुद्ध सर्वोच्च अदालतमै निवेदन दिएकी थिइन् उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दरपीठको आदेश बदर गरी निवेदन दर्ता गर्न आदेश दिएको हो ।
राज्यको जस्तै चरित्र ग्रहण गरेका संघसंस्थालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको भन्दै सर्वोच्च अदालतले निवेदन दर्ता गर्न आदेश दिएको हो ।उनले रिट निवेदनमा नेपाल बार एशोसिएसनमा महिला र अरु समुदायको समानुपातिक प्रतिनिधित्व र समावेशीकरण हुन नसकेको भन्दै समावेशी बनाउन आदेश माग गर्दै रिट दर्ता गरेकी थिइन् ।
ADVERTISEMENT

