
समिति बैठकको निर्णय सुनाउँदै उनले भने – ‘आगामी हप्तामा आयल निगमको स्थलगत अनुगमन गरी समग्र काम कारबाहीको बारेमा जानकारी लिने ।नेपालमा बायो ईथानोल उत्पादन गर्ने उत्पादकहरूसँग तोकिएको गुणस्तर तथा मूल्यमा निश्चित परिमाणमा बायो ईथानोल खरिद सम्झौता गरी पेट्रोलमा बायो ईथानोल मिश्रण गरी आन्तरिक उत्पादन, वैदेशिक मुद्रा सञ्चिति र रोजगारीका साथै कुल गृहस्थ उत्पादन बढाउन सकिने तर्फ समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।