
नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै पौडेलले दुई देशबिच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना विद्यमान रहेको बताए । राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा काठमाडौँमा ओमानको राजदूतावास स्थापना गर्दा दुवै देशका लागि उपयुक्त हुने उल्लेख गरे । त्यसतै उनले दुई देशबिचको प्रत्यक्ष हवाई सम्पर्कले व्यापार सहजीकरण, पर्यटन प्रवर्द्धन र जनस्तरमा सम्बन्ध बढाउनका लागि मद्दत मिल्ने औँल्याए ।
सो भेटमा ओमनका विदेशमन्त्री सैयदले भ्रमणका क्रममा नेपाल सरकारसँग दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको जानकारी गराउँदै ओमानले खुल्ला हृदयले नेपालसँग सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको बताउनुभएको सल्लाहकार पोखरेलले जानकारी दिए । सैयदले नेपालमा ओमानको दूतावास खोल्ने र दुई देशबिच सिधा हवाई सम्पर्क स्थापित गर्ने सन्दर्भमा आफ्नो सरकार सकारात्मक रहेको उल्लेख गर्दै शान्त, सौम्य र कडा परिश्रम गर्ने ओमानमा रहेका नेपालीहरूले ओमानको विकासमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरेको बताए ।