
प्रहरीले स्थानीय बासिन्दा, आर्थिक कारोबार हुने ठाउँ, काठमाडौँमा खाली हुने घर, सरकारी कार्यालय र भिडभाड हुने बजारमा सुरक्षा गर्ने गरी सुरक्षा रणनीति तयार गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूमा लुटपाट हुनसक्ने र पसलहरूमा भिडभाड भएर किनबेचमा असुविधा हुनसक्ने आकलन गर्दै त्यस्ता ठाउँमा थप प्रहरी परिचालन गरिएको छ ।
दसैँ, तिहार र छठ पर्वको सुरक्षामा ३ हजार ७६५ जना प्रहरी परिचालन गर्ने योजना रहेको एसएसपी रजौरेले बताए । उनले भने– ‘काठमाडौँको सुरक्षा व्यवस्था चुस्त छ, कुनै पनि घटना भएको ५ मिनेटमा प्रहरी पुग्ने र ३० मिनेटमा सबै व्यवस्थापन गर्ने गरी योजना बनाइएको छ ।’