काठमाडौं । नेपाली मुँवाथाईका सफल खेलाडी गुणराज रुचाल वैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ जाने भएका छन् ।एक महिने प्रशिक्षणका दौरान गुणराजले अस्ट्रेलियामा हुने प्रतियोगितामा पनि सहभागिता जनाउने छन् ।
उनलाई यो अवसर लिजेन्ड्स एकेडेमी पर्थले प्रदान गरेको हो । निःशुल्क प्रशिक्षणका साथै उनको सम्पूर्ण खर्च पनि लिजेन्ड्सले नै व्यहोर्ने बताइएको छ ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गुणराजलाई पाएको अवसरलाई भरपुर सदुपयोग गर्न सुझाउदै मंगलबार बिदाइ गरे ।