काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरूमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताएका छन् । आइतबार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हाम्रो तयारी विभिन्न एक्सिडेण्ट भइरहने ठाउँहरूमा ट्रमा सेन्टरको अवधारणामा काम गरिरहेका छौँ । अरू मन्त्रालयसँग पनि समन्वय गर्नुपर्ने हुन्छ । छिटो रेस्क्यु नहुँदा मान्छेको मृत्यु भएको गुनासो छ, यसलाई कसरी व्यवस्थित गर्ने भन्नेमा हामी गम्भीर छौँ । खाल्डाखुल्डी रहित नेपाल बनाउने अभियानमा हामी लागेकै अवस्था छ ।मन्त्री दाहालले उपत्यकाको ट्राफिक लाइटलाई व्यवस्थित बनाइने पनि उल्लेख गरे । खाल्डाखुल्डीरहित नेपाल बनाउन आफूहरू लागेको पनि उनले बताए ।

