
घटनामा घाइते भएका चार जना बालबालिकामध्ये ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीय प्रिन्सा साँवाको मृत्यु भइसकेको छ । उनीहरू दाजु बहिनी हुन् । पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।
फालेलुङ गाउँपालिकाको डाडागाउँमा आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विस्फोटक पदार्थ (द्वन्द्वकालको ह्यान्डमेड सकेट बम) विस्फोट हुँदा उक्त घटना भएको हो । पाँचथरमा यसअघि पनि पटक पटक बम विस्फोट हुँदा यस्ता खाले घटना भएका छन् ।